सवारी कारबाहीबाट १८ लाख संकलन «

सवारी कारबाहीबाट १८ लाख संकलन

जुम्ला- आर्थिक वर्ष २०७५-७६ मा सवारी कारबाही तथा दण्डजरीवानाबाट जुम्लामा करिव १८ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले २ हजार ८ सय ५ वटा सवारी कारवाहीबाट १७ करोड ९५ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेको हो । जुन अघिल्लो वर्षभन्दा झन्डै ६ लाख बढी भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव निरीक्षक कलबहादुर शाहीले बताए । उनका अनुसार कर्णाली राजमार्गमा आव २०७५-७६ मा २५ वटा सवारी दुर्घटना भएका छन् ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २६ जनाको सामान्य र ४ जना गम्भीर घाइते भएका थिए । सबैभन्दा बढी कारबाहीमा पर्नेमा मोटरसाइकल छन् । त्यसैगरी आर्थिक वर्ष २०७४-७५ मा १ हजार ८ सय ६३ सवारीलाई गरिएको जरिवानाबाट १२ लाख ५९ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्