लाखौं टन अमेरिकी भटमास चीनतर्फ «

लाखौं टन अमेरिकी भटमास चीनतर्फ

बेइजिङ-जुनमा दुई नेताबीचको भेटघाटपछि अमेरिकाबाट चीनतर्फ करोडांै टनको भटमास ढुवानी भएको चिनियाँ राज्य स्वामित्वको सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि अमेरिकी सरकारी तथ्यांकका अनुसार यसको आयतन अत्यन्त कम भएको देखिएको छ ।
अमेरिका–चीनबीचको व्यापारयुद्धले चीनतर्फको अमेरिकी कृषि उत्पादनको निर्यातमाथि नियन्त्रण गरिएको थियो । बेइजिङले अमेरिकी कृषि सामग्रीमा २५ प्रतिशतको भन्सार लगाएपछि अमेरिकी भटमासको चीनतर्पmको निर्यातमा भारी गिरावट आएको थियो ।
चीनले जुलाई १९ देखि अमेरिकी आपूर्तिकर्तालाई भटमास, कपास, सुगुर, सोरगम र अन्य कृषि उपजको खरिदका लागि आग्रह गरेको थियो । केही बिक्री भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।
“अमेरिकी कृषि उत्पादनहरू तुलनात्मक रूपमा उपयुक्त मूल्यको भएको र राम्रो गुणस्तरको पनि भएको नयाँ खरिद हुने अपेक्षा गरिएको छ,” समाचारमा उल्लेख गरिएको छ ।
बिक्रीमा समावेश भएका कम्पनीहरूले कृषि उत्पादनमा भन्सार छुटका लागि आवेदन गरेको चिनियाँ भन्सार अधिकारीहरूले बताएको समाचारमा उल्लेख गरिएको छ ।
जुन २८ भएको जी–२० को बैठकयता १० लाख २ हजार टन भटमास मात्रै चीनतर्फ निर्यात भएको अमेरिकी कृषि विभागले जनाएको छ ।
यो ढुवानीले यो वर्षको सुरुमा गरिएको खरिदको प्रतिनिधित्व गरेको छ । अमेरिकी कृषि विभागले यसै साता नयाँ तथ्यांक सार्वजनिक गर्ने कार्यक्रम छ ।
जी–२० को शिखर सम्मेलनपछि पहिलो पटक चिनियाँ र अमेरिकी वार्ताकारहरूले यसै साता सांघाईमा भेटघाट गर्ने कार्यक्रम छ । यो वार्ता जुलाई ३० मा सुरु हुने अपेक्षा गरिएको छ ।
यो महिनको सुरुमा ट्रम्प प्रशासनले १ सय १० चिनियाँ बस्तुलाई शुल्क लगाउने सूचीबाट छुट दिने बताएको थियो । यसमा चिकित्सा उपकरण पनि समावेश छ ।
जुनमा चीनले अमेरिकाबाट ६ लाख १४ हजार ८ सय ५ टन भटमास खरिद गरेको थियो । यो २०१८ को जुनको तुलनामा २.५ प्रतिशत र मे महिनाको ९ लाख ७ हजार २४ टनको तुलनामा कम भएको हालै सार्वजनिक भन्सार तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्