ब्राजिलमा विमान दुर्घटनामा तीनको मृत्यु «

ब्राजिलमा विमान दुर्घटनामा तीनको मृत्यु

ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हुदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ । 
ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । 
यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो । 
एउटा इन्जिनले चल्ने सो सानो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । 
गएको चार महिनायता योसहित एक इन्जिनले चल्ने दुई वटा साना विमान दुर्घटना भएका छन् । गएको अक्टोबरमा पनि यस्तै एक विमान दुर्घटनाग्रस्त भएको थियो । 
सो दुर्घटनामा परी विमान चालकको मृत्यु भएको थियो भने अन्य एक व्यक्ति घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्