Logo

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा पेश भएको आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित भएको छ । त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाबाट कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकमा क्रमशः कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकमा क्रमश डा. हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ रसरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्