Logo

दुगड़ ग्रुपका अध्यक्ष अमेरिकामा सम्मानित

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा कदर स्वरुप सम्मानित भएका छन् । यो सम्मान पाउने उनी पहिलो नेपाली हुन् ।

विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेको योगदानका लागि सम्मानित गरिएको हो । दुगड परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एमभी दुगड ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागिपरेका दुगड एमभी दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष पनि हुन् ।

नेपालको बैंकिङ, लाइफ इन्सुरेन्स, जनरल इन्सुरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरणलगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।

प्रतिक्रिया दिनुहोस्