नेपालले पायो १३९ रनको लक्ष्य «

नेपालले पायो १३९ रनको लक्ष्य

क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । 
नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो । 
नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२/२२ रन बनाए । 
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक/एक विकेट लिए । 
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्