सार्वजनिक यातायात : कहिलेसम्म बढी भाडा तिर्ने ? «

सार्वजनिक यातायात : कहिलेसम्म बढी भाडा तिर्ने ?

हामीमध्ये धेरैलाई थाहा छैन होला, काठमाडौँ उपत्यकालगायत वरिपरिका विभिन्न स्थानमा सार्वजनिक बसमा यात्रा गर्दा न्यूनतम १३ रुपैयाँ भाडा तिर्नुपर्छ । तर, भाडा लिने गाडी धनी (सहचालक !) हरूले भने तपाईं–हामीलाई गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ तिराइहाल्छन् । उस्तैले त एक ठाउँ जानुपर्ने यात्रु झुक्किएर अर्को बसमा चढेर फेरि झरेमा पनि भाडा लिन्छन् । हुन त यो भाडादर २०७२ माघमा नेपाल सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागद्वारा लागू गरिएको हो । हाल यो भाडादर लागू भएको ३५–३६ महिना बितेको छ । त्यसैले सार्वजनिक यातायातका (गाडी) धनीहरूलाई हाल आफ्नो गाडीले नाफा होइन, घाटा दिएको पनि हुन सक्छ । अथवा उनीहरूले आफ्नो गाडी घाटामा चलाउन परेको पनि होला । जे भए पनि यस विषयमा तल केही लेख्ने-उल्लेख गर्ने प्रयास गरिएको छ ।
१. काठमाडौँ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुवाहक सवारी साधनको भाडादर न्यूनतम १३ देखि अधिकतम २४ रुपैयाँसम्म कायम गरिएको छ ।

२. काठमाडौँ उपत्यका र अन्य सहरी क्षेत्रको भाडा दर र दूरी :


० देखि ४ किमिम्म १३ रुपैयाँ,

० देखि ५ किमिसम्म १ रुपैयाँ,

० देखि ६ किमिसम्म १६ रुपैयाँ,

० देखि ८ किमिसम्म १७ रुपैयाँ,

० देखि १० किमिसम्म १९ रुपैयाँ,

० देखि १३ किमिसम्म २१ रुपैयाँ,

० देखि १६ किमिसम्म २२ रुपैयाँ,

० देखि १९ किमिसम्म २३ रुपैयाँ,

० देखि १९ भन्दामाथि २४ रुपैयाँ

 

३. यदि कुनै सवारी साधनले माथि तोकिएभन्दा बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यालय (१०३) वा यातायात व्यवस्था विभागमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।

माथिको भाडादर तालिका यातायात व्यवस्था विभागद्वणरा वि.सं. २०७२-१०-२४ मा जारी गरिएको हो । सो तालिका-सूचना काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयअगाडि हालसम्म पनि मधुरो अक्षरमा देख्न सकिन्छ ।
तर, यातायात व्यवस्था विभागले ४३–४४ महिनाअघि निकालेको सो सूचना वा भाडा दर अहिले कति व्यावहारिक होला ? किनभने, त्यसयता राष्ट्रिय-अन्र्ताष्ट्रिय बजारमा कति पटक पेट्रोल-डिजेलको भाउ बढ्यो वा घट्यो ? त्यसैले माथिको भाडा दरमा हालसम्म केही तलमाथि हुनैपर्ने हो, तर हालसम्म पनि काठमाडौँ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुवाहक सवारी साधनको भाडा दर स्थिर नै छ !
हुन त मान्छेहरू भन्दा हुन्, यस्ता झिनामसिना कुरोमा पनि अल्झने ? यस्तो जाबो १-२ रुपैयाँ खाएको विषयमा पनि लेख्ने ? देशमा कस्तो ठूलठूलो भ्रष्टचार र घुसघोरी चलिरहेको छ । सो विषयमा ‘नेपालको मै हुँ !’ भन्ने मिडियाले लेख्दा त केही लछारपाटो लाग्न सकेको छैन ! जाबो १-२ रुपैयाँ खाएकोमा के लेख्नु-बहस गर्नु ! तर, आखिरमा सुशासन त सुशासन नै हो । त्यसैले यो केही नजान्ने कुलुङे ढाक्रेले सार्वजनिक यातायातका मालिक वा भनौं चालक र सहचालकहरूले लिने जाबो १-२ (बढी पैसा असुल्ने) रुपैयाँका बारेमा लेख्ने जमर्को गरेको छ ।
हुन त केही समयअघि यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन गरिएको सार्वजनिक यातायातको मात्रै नभएर सबै किसिमका सार्वजनिक यातायातका साथै देशभरि चल्ने लामो दूरीका यातायातको भाडा दर बढाउने निर्णय गरेको थियो । तर, यातायात व्यवस्था विभागको सो निर्णय ४-५ घण्टा पनि टिकेन, अर्थात् विभागले ४-५ घण्टामै आफ्नो निर्णय फिर्ता लिन वाध्य भएको थियो ।
ऊ बेला यातायात व्यवस्था विभागले तोकेको भाडा दरमा हालसम्म पनि काठमाडौँ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुवाहक सवारी साधन धनी-चालक-सहचालकहरूले १३ रुपैयाँ लिनपर्ने ठाऊँमा चानचुन पैसा छैन ! भनी यात्रुहरूबाट १५ रुपैयाँ लिँदा अर्थात् फिर्ता दिनुपर्ने २ रुपैयाँ पैसा फिर्ता नदिएरै कसरी दैनिक करोडौं कमाउँछन् त ? भनी यहाँ सर्वसाधारण महानुभावहरूलाई जानकारी दिने प्रयास गरिएको छ ।
वि.सं. २०७४ चैत ७ मा ‘क्लिकमाण्डु अनलाइन’मा प्रकाशित एक फिचर-लेखमा उल्लेख भएअनुसार त्यो बेला काठमाडौं उपत्यकामा मात्रै ८९ हजार ५ सयवटा सार्वजनिक यातायातका विभिन्न सवारी साधन चल्थे । त्यसरी काठमाडौँ उपत्यकामा त्यो बेला दैनिक रूपमा चल्ने ८९ हजार ५ सयवटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनहरूले एकपटकमा २२ लाख ३७ हजार ५ सय यात्रु बोक्थे । एक दिनमा तीनपटक मात्रै ओहोरदोहोर गर्दा पनि ६७ लाख १२ हजार ५ सय यात्रु बोक्थे । यसरी हेर्दा एक जना यात्रु बराबर २ रुपैयाँ मात्रै फिर्ता नगर्दा पनि सार्वजनिक यातायातका धनीहरूले एक पटकमा १ करोड ३४ लाख २५ हजारभन्दा बढी अवैद्य ढंगले कमाउँथे । त्यसमा २० प्रतिशत यात्रुलाई विद्यार्थी मान्दा पनि सार्वजनिक यातायातका धनीहरूले एक दिनमा करोडभन्दा बढी नै कमाएको देखिन्छ । आजभोलि अझ सार्वजनिक यातायातको साधनको संख्या पनि बढेकै होला ।
हुन त धेरै जसो यात्रुहरू सचेत छन् ! त्यसैले उनीहरूले आपूmले पाउनुपर्ने फिर्ता पैसा सवारी साधन धनी-चालक-सहचालकहरूसँग माग्छन् नै । तर, अधिकांश सवारी साधन धनी-चालक-सहचालकहरूले चानचुन पैसा छैन ! भनी आप्mना यात्रुहरूलाई २ रुपैयाँ फिर्ता नदिएरै पठाउँछन् ।
त्यसैले देशमा रहेका विभिन्न उपभोक्ता समिति, बुद्धिजीवीहरू, सचेत यात्रुहरू र स्वयम् काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधन धनी-चालक-सहचालकहरूले पनि यस विषयमा बहस र छलफल गरेर न्यूनतम १३ रुपैयाँ मात्रै लिने व्यवस्था गर्नका लागि चानचुन पैसाको जोहो सवारी धनीहरूले नै गर्नुपर्ने व्यवस्था लागू गर्ने हो कि ? वा भलाद्मी बनेर २ रुपैयाँ बढी तिरिरहने ? यस विषयमा सर्वसाधारण यात्रुहरू र उपभोक्ता समितिहरूले चासो लिनैपर्ने देखिन्छ ।
—निनाम कुुुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्