नाट्टा प्रदेश ५ मा नयाँ नेतृत्व «

नाट्टा प्रदेश ५ मा नयाँ नेतृत्व

रुपन्देही-नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश ५ लुम्बिनीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) निर्वाचित भएका छन् । अधिकारीले २७ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सञ्जय बजिमयले १४ मत प्राप्त गरे । त्यसै गरी द्वितीय उपाध्यक्ष पदमा कुलचन्द्र पाण्डेले २२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीचन्द्र एसबी गुप्ताले १६ मत ल्याए । महासचिव पदमा चन्द्रबहादुर थापाले २७ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी दिनेश मल्लले १३ मत प्राप्त गरे ।
सदस्यहरूमा बिना न्यौपाने, विराट श्रेष्ठ, महेश पन्थी, ज्ञानु पोख्रेल न्यौपाने, प्रकाश भट्टराई, सुजित श्रीवास्तव, उमाशंकर सिंह खड्का निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रचना पन्त, तृतीय उपाध्यक्ष अनिलमान श्रेष्ठ, कोषाध्यक्ष प्रदीप कुमार पोखरेल, सहकोषाध्यक्ष अंकित जयसवाल, सचिव अन्जन श्रेष्ठ निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत धर्मबहादुर खड्काले बताए ।
शनिबार मध्यरातमा सकिएको निर्वाचन कार्यक्रमपछि निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बधाई दिँदै नाट्टा केन्द्रीय समितीका अध्यक्ष सीएन पाण्डे, प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद शर्मा, सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ(सीपी)ले बधाई दिँदै पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा सरोकारवालाहरूसँग सहकार्य गरी अघि बढ्न सुझाव दिएका थिए ।
नवनिर्वाचित अध्यक्षमा अधिकारीले सबै व्यवसायीहरूलाई समेटेर लैजाने प्रतिबद्धता जनाउँदै पर्यटन क्षेत्रको समस्यालाई सस्थागत रूपमा उठान गर्र्दै यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्