चेम्बर अफ कर्मसको शपथ ग्रहण «

चेम्बर अफ कर्मसको शपथ ग्रहण

दाङ चेम्बर अफ कर्मसका पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण गरेका हुन् । दाङ चेम्बर अफ कर्मसका अध्यक्ष रविलाल महरालाई निर्वाचन अधिकृत मौसम आचार्यले शपथ ग्रहण गराएका हुन् भने अन्य पदाधिकारीहरूलाई अध्यक्ष महराले शपथ ग्रहण गराएका थिए । दाङ चेम्बर अफ कर्मसमा असार २८ गते भएको प्रथम अधिवेशनबाट सर्व सहमतिमा नयाँ नेतृत्व चयन गरिएको थियो । जसको उपाध्यक्ष घनश्याम अधिकारी, बलदेव योगी महासचिव टीकादत्त खनाल, सचिव कुमारराज श्रेष्ठ, कोषाध्यक्ष विकास अग्रवाल सह–कोषाध्यक्ष लक्ष्मी अधिकारी छन् । अन्य सदस्यहरूमा विनोद पाण्डे, नारायण लामिछाने, मुक्ति खरेल, हरिप्रसाद बन्जाडे, प्रभा वली, विमला पुन, तिलका केसी, सुशीला पौडेल, लक्ष्मण बूढा, नरबहादुर न्यौपाने छन् ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले व्यवसायीहरूको नेतृत्व गर्ने संस्थाले व्यवसायीहरूको अधिकारसँगै सामाजिक दायित्व पनि बहन गर्नुपर्ने बताए । नेतृत्व लिएर मात्र नहुने भन्दै सफल नेतृत्व लिन सक्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरूले तिरेको करअनुसार सेवामा चिन्त नबुझेमा त्यसका बारेमा आवाज उठाउनु पर्ने उनको भनाइ छ ।
“हामीले तिरेको करअनुसार सेवा पाउन सक्दैन भने त्यसका बारेमा बोल्न सक्नुपर्छ,” डाँगीले भने । जनप्रतिनिधिहरूलाई रचनात्मक दबाब दिनसमेत आग्रह गरे । रचनात्मक दबाबले नै जनप्रतिनिधिहरू अगाडि बढ्ने सहयोग मिल्ने उनको भनाइ छ । “तपाईंहरूले रचनात्मक दबाबले जनप्रतिनिधिहरू अगाडि बढाउन सहयोग गर्छ,” प्रदेश सभा सदस्य डाँगीले भने । नागरिकको दबाब नभएमा जन प्रतिनिधिहरू बिग्रने बताए । कुनै पनि संस्था स्थापित गर्ने नया कार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । नयाँ कार्य मात्र दुर्गामी प्रभाव पार्ने सक्ने बताए ।
नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य टंकप्रसाद पोख्रेलले चेम्बरले व्यावसायिक हकहितका साथै सामाजिक कार्यलाई अगाडि बढाउने बताए । त्यसैअनुसार अगाडि बढ्न जिल्ला नेतृत्वलाई आग्रह गरे । उनले व्यवसायीहरूलाई सचेतनामूलक कार्य गरेर सचेत बनाउन लाग्नुपर्ने बताए । व्यावसायिक नेतृत्व गरे पनि गलत गर्नेहरूका बारेमा ओकालत गरेर आफूहरू नहिँड्ने उनको भनाइ छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले संघ–संस्थाहरू कानुनअनुसार अगाडि बढ्नुपर्ने बताए । कानुनभन्दा बाहिर जाने अधिकार कसैलाई नभएको भन्दै त्यसैअनुसार अगगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले कर लिए पनि त्यसअनुसारको सदुपयोग गर्ने नसकेको गुनासो गरेका थिए । राज्यले व्यवसाय गर्ने वातावरण निर्माण गर्ने लाग्नुपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेसका क्षेत्र नं. ३ का सभापति भुपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका रामबहादुर जीएम, रुपन्देही चेम्बर अफ कमर्सका अध्यक्ष डिल्लीराम भण्डारी, तुलसीपुर चेम्बर अफ कर्मसका अध्यक्ष टोपबहादुर घर्ती, घोराही उप–महानगरपालिका–१४ का वडा सदस्य गुलाम रसुल, नागरिक समाजका सचिव लक्ष्मी आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ओविन्द्रवहादुर महरा, जिल्ला बार एकाइका अध्यक्ष प्रदीप गौतम, सिसा संस्थाका अध्यक्ष साजिदा सिदीकी, दाङ वन पैदवारका उपाध्यक्ष मित्रदेव अधिकारी, प्रजातान्त्रिक उद्यमी संघका उपाध्यक्ष मधुसुदन अधिकारी, होटल व्यवसायी समितिका सचिव ईश्वर बीएम, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष प्रदीप मजगैया, नेपाल पत्रकार महासंघका सदस्य नविन अभिलाषी, त्रिभुवननगर जेसीजका अध्यक्ष वशन्तराज अधिकारी लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रम दाङ चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा भएको थियो । संस्थापक कोषाध्यक्ष विकास अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्