कुमारी बैंकको परिवार सुरक्षा बचत खाता «

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता

कुमारी बैंकले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ प्रस्तुत गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य आमा वा बुवा आफैं, तथा दुई सन्तानको स्वतः बिमा हुने प्रावधान रहेको बैंकले जनाएको छ ।
यो बचत खातामा न्यूनतम १० हजार रुपैयाँ मौज्दात हुनुपर्ने भन्दै बैंकले वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने पनि जनाएको छ । यस खातामा २६ लाख रुपैयाँसम्मको परिवारको बिमा गरिएको छ । जसमा दम्पतीको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको बैंकले जनाएको छ । साथै यस खातामा इन्टरनेट बैंकिङ निःशुल्क, मोबाइल बैंकिङ पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुने कुमारी बैंकले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्