गत आवमा १४ करोड राजस्व «

गत आवमा १४ करोड राजस्व

म्याग्दी- गत आर्थिक वर्षमा म्याग्दीले चौध करोड रुपैयाँ राजस्व संकलन गरेको छ । संघीय सरकारका कार्यालयले तेह्र करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ ।
सबैभन्दा बढी कोलेनिकाले सात करोड ५८ लाख ४४ हजार ६२२ रुपैयाँ राजस्व उठाएको कार्यालय प्रमुख चन्द्रशेखर सापकोटाले बताए । उनका अनुसार अग्रिम आयकरवापत एक करोड ५९ लाख, पारिश्रमिक करवापत एक करोड ७५ हजार ८२८ रुपैयाँ राजस्व प्राप्त भएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट एक करोड ७७ लाख ८६ हजार ४६३, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कोषमा एक करोड २३ लाख, ८५ हजार ९५४, मालपोत कार्यालयले ८५ लाख ७३ हजार २८७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले करिब ४२ लाख रुपैयाँ जरिवानावापत राजस्व संकलन गरेको छ । प्रदेश कार्यालय मध्य सबैभन्दा बढी घरेलु उद्योग विकास समितिमा ३४ लाख ४४ हजार र वन डिभिजनले सात लाख १२ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्