घूस अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ «

घूस अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आइतबार निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घूससहित कार्यालयबाटै पक्राउ गरेको छ ।
सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घूस माग गरेको भन्ने आरोप लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्