भारतमा चिनियाँ ब्रान्डलाई चिनियाँकै धक्का «

भारतमा चिनियाँ ब्रान्डलाई चिनियाँकै धक्का

नयाँ दिल्ली-भारतीय स्मार्टफोन बजारमा एक वर्ष भन्दा बढी अवधिसम्म पहिलो स्थानमा रहेको शाओमीलाई अर्को चिनियाँ ब्रान्डलेनै पछाडि पारेको छ ।
जुनमा अन्त्य भएको त्रैमासिक अवधिसम्म स्मार्टफोन ब्रान्डहरु ओपो, भिभो, रियल्म र वनप्लसको स्वामित्व रहेको बीबीके इलेक्ट्रोनिक्सको बिक्री ३० प्रतिशत पुगेको छ । बिक्रीको यो हिस्सासँगै यी ब्रान्डहरु शाओमी भन्दा अगाडि भएको प्रविधि कन्सल्टेन्सी फर्म काउन्टरपोइन्टको नयाँ अनुसन्धालने देखाएको छ ।
यद्यपि एकल ब्रान्डको कुरा गर्ने हो भने शाओभी अभैmपनि २८ प्रतिशतको हिस्सा सहित पहिलो स्थानमा रहेको छ । २५ प्रतिशतको हिस्सा सहित दक्षिण कोरियाली ब्रान्ड सामसङ दोस्रो स्थानमा रहेको छ । तर भिभो, रियल्म र ओपो शीर्ष पाँचको सूचीमा पर्न सफल भएको काउन्टरपोइन्टले जनाएको छ ।
यो भन्दा पहिलेनै ४० करोड स्मार्टफोनको प्रयोगकर्ता पुसगसेका भारतमा यसलाई राम्रो पुरस्कार मानिएको छ । करोडौ भारतीयहरु अभैmपनि आगामी वर्षहरमा स्मार्टफोनको माध्यमबाट इन्टरनेटको प्रयोग गर्न लालायीत भएकाले यो वृद्धि कम्पनीका लागि राम्रो मान्न सकिन्छ ।
मूल्य संवेदनशील मानिएको बजारमा एप्पल जस्ता ब्रान्डहरु भने संघर्षरत अवस्थाबाट गुज्रिरहेका छन् । वार्षिक आम्दानी २ हजार डलर भन्दा कम भएका करोडौ भारतीयमाझ रहेको मूल्य संवेदनशील अवस्थाले सस्तो मूल्य प्रस्ताव गर्ने चिनियाँ कम्पनीका लागि ठूलो लाभ मिलेको छ ।
ओपोले ठूलो प्रयास गर्दै आएको छ । यो कम्पनीले २०१७ मा भारतमा खुद्रा बिक्रीको आउटलेट खोल्नका लागि स्वीकृति पाएको थियो र हाल भारतीय क्रिकेट लीगको प्रमुख प्रायोजक समेत भएको छ । बीकेकेको अर्को ब्रान्ड भिभोले पनि इन्डियन प्रिमियर लीग क्रिकेट खेल आयोजना गरेको छ ।
जुनसम्मको तीन महिनाको अवधमिा भारतमा कुल ३ करोड ७० लाख स्मार्टफोन ढुवानी भएको थियो । यो हाल सम्मका कुनै पनि त्रैमासको तुलनामा उच्च भएको काउन्टरपोइन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्