रारामा सूचना केन्द्र «

रारामा सूचना केन्द्र

मुगु- नेपालको सुन्दर ठूलो महेन्द्र तथा रारा तालको किनारमा पर्यटनको सहजका लागि नेपाली सेनाले सूचना केन्द्र बनाएको छ । समुद्रीय सतहदेखि २९ सय मिटरको उचाइमा रहेको नेपाल तथा कर्णाली प्रदेशको पर्यटनको मुख्य पर्यटनको केन्द्र रहेको यस रारा तालमा सूचना केन्द्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटनहरूलाई रारालगायत मुगु जिल्लाको समसामहिक विषयमा जानकारी लिनका लागि सूचना केन्द्र नहुँदा रारा ताल वरिपरि भएको भौतिक, जलचर थलचर, वनस्पति, जडीबुटी, वन्यजन्तु, चराचुरुंगी, खोला नाल, मठ मन्दिर धार्मिक तथा अन्य मुगु जिल्लामा रहेको पर्यटन क्षेत्रको जानकारी गराउनका लागि यो सूचना केन्द्रको स्थापना गरिएको श्रीलद गुल्मका सेनानी गुल्म पति रवि केसीले बताएका छन् ।
रारा घुम्न आउने पर्यटकहरूले सहजै रूपमा रारालगायत मुगु जिल्लामा रहेका पर्यटन क्षेत्र र अन्य मुगु जिल्लाका बारेमा जानकारी सहजै रूपमा पाउन भन्ने उद्देश्यले यो सूचना केन्द्रको स्थापनासँगै पर्यटनहरूलाई लच्छित गरी प्राथमिक स्वास्थ्य सेवा उपचारको समेत व्यवस्था गरिएको गुल्मपति केसीले बताएका छन् ।
विगतका वर्षहरूमा पनि रारा तालको छेउछाउमा सूचना केन्द्र नबनाएका त होइनन् भवन मात्र बनाएका छन् तर भवनभित्र कुनै पनि जानकारीको सूचना छैन, खाली घर मात्र बनाएका छन् । विगतमा नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, कर्णाली पर्यटन समितिबाट लाखौँ  रकमका भवन बनाएका छन् । ताल्चा एयरपोट, लामाचौर रारा हुटुमा संरचना भए पनि संरचनाभित्र राख्ने ज्ञानमूलक सूचना नहुँदा  भवनहरू गाई–भैँसीका गोठमा परिणत भएका छन् ।
रारा घुम्न आउर्ने पर्यटनहरूले विभिन्न सूचना माग्छन् आफूले जानेको कुरा बताउँछौँ तर पर्यटकहरूले सूचना केन्द्र कहाँ छ भनि सोधपुछ गर्दा आफैंलाई लाज लाग्छ । बनाएका खाली भवन कसरी देखाउनु ताल्चा रारा वसन्त होटलका प्रोपराइटर प्रेम रावलले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्