सिफारीसको अबैध बिक्री, जनप्रतिनीधी बिरुद्ध उजुरी र कार्बाही «

सिफारीसको अबैध बिक्री, जनप्रतिनीधी बिरुद्ध उजुरी र कार्बाही

बाराका जनप्रतिनिधीहरुले नागरीकताको सनाखत र सिफारीस समेत कानुन बिपरीत बिक्री गर्ने गरेको छ । बिदेशी नागरीकलाई नेपाली नागरीकता दिलाउन सनाखत र प्रति एक सिफारीस बापत तिन देखी २५ लाख सम्म जनप्रतिनीधीले अबैध ढंग बाट लिने गरेको उजुरी तथा सुचनाहरु जिल्ला प्रशाशनमा जान थाले पछि सिफारीस किनबेच हुने गरेको खुल्न आएको हो ।

नागरीकताको अबैध सिफारीसको बिक्री रोक्न र दोषिलाई कार्बाहीको माग गर्दे चालु आर्थिक बर्षमा ३३ बटा उजुरी जिल्ला प्रशासन कार्यालयमा परेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बिदेशी नागरीकलाई गरेको सिफारीसको आधार सबै त्रुटिपुर्ण कैफियत देखे पछि बिदेशीलाई नागरीकता दिलाउने कलैया उपमहानगर १० का बडाअध्यक्ष महम्मद साबीर मिया अंसारी लाई केही दिन अघि प्रहरी द्धारा पक्राउ गरी अदालत पेश गरेको बताए ।

पाकिस्तान, बर्मा, भारतको सिक्कीम, दार्जलीङ्ग, बिहारका नागरीकले बाराका १६ मध्ये ९ स्थानीय तह बाट सनाखत, सिफारीस जनप्रतिनीधी संग खरीद गरी नेपाली नागरीकता लिएको भन्दै उजुरी परेको प्रशासन कार्यालयले जनाएको छ
चालु आर्थिक बर्षमा परेको गैरकानुनी सनाखत र सिफारीसका ३३ उजुरी मध्ये जितपुर सिमरा उपमहानगरको ७, १२, १५, र २० नम्बर बडा कार्यालयको सिफारीस, सनाखत बिरुद्ध ७ बटा उजुरी रहेको छ जस्मा बर्मा तथा भारतको दार्जलिङ्ग र बिहारका नागरीक रहेको उल्लेख छ ।

त्यस्तै कलेैया उपमहानगरको १, २, ३, १०, १२, १६, २०, र २६ नम्बर बडा बिरुद्ध ११ बटा उजुरी मध्ये अधिकाशं भारत र एक पाकीस्तानको नागरीक हुन सक्ने जिल्ला प्रशासनको अनुमान रहेको छ । त्यस्तै सिम्रैणगढ नगरपालीकाको ३ र ७ बडामा भएको सिफारीस बिरुद्ध दुई बटा उजुरी परेको छ भने आर्दशकोतवाल गाउपालीकाको १ र ५ मा दुई र सुर्बण गाउपालीकाको ८ र ३ मा तिन उजुरी परेको छ । महागढिमाई नगरपालीकाको ६, ७, र १० नंबर बडाको चार उजुरी रहेका छन ।

निजगढ नगरपालीकाको ७ को दुई, फेटा गाउपालीकाको ३ को एक र बारागढी गाउपालीका ६ नम्बर वडाको एउटा सिफारीस बिरुद्ध परेको उजुरीमा अनुसन्धनान भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनशक्ति कम भएकै कारण अनुसन्धनमा ढिलो भएको भए पनि कार्बाहीको गती नरोकीने बताउदै अधिकारी सापकोटाले सुचना र प्राप्त बिबरणका आधारमा गैरकानुनी देखीने बितीकै जनप्रतिनीधी होस वा कर्मचारी तत्काल कार्बाही गरीहाल्ने बताए ।

कार्यालयका उच्च कर्मचारी श्रोतले यस अघि जनतालाई भ्रम पारी हुलहुज्जत गर्न आउने जनप्रतिनीधीको स्बभाब जनताले बुझन थाले पछि प्रशासनलाइ कार्बाही गर्न सहज बनेको जनाएको छ । सदरमुकाम रहेकै कलैया उपमहानगरका बडाअध्यक्ष अंसारी पक्राउ पछि सामान्य अनुरोध नआएको देखेर स्थानीयले मुल्यांकन गर्न थालेको अधिकारीहरुको बुझाई छ । भारतिय बसोबास गरेकाहरुले अबैध कार्यको संजाल बढाउन दोहोरो नागरीकता लिने गरेको पाइएको छ ।

उनीहरुले अबैध तस्करी, कर छली, भारतिय मुद्राको अबैध ओसारपसार, सामान खरिद बिक्री तथा मिटर ब्याजमा लगानी गर्ने गरेको जिल्ला प्रहरीको अपराध अनुसंधानका एक अधिकृतले बताए । अबैध कारोबारको आधार स्थाई बनाउन भारतमै समेत कार्बाहीमा पर्ने गरेकाहरु बढि सक्रिय रहने जस्ले लखौ मुल्य तिरेर सनाखत र प्रति एक सिफारीस लिदै नागरीकता लिने गरेको उक्त अधिकारीको दाबी छ । बिदेशी भन्ने आधार प्रष्ट प्रमाण सहित आएको एक उजुरीमा बयान पछि प्रमाणीत भएको एक नागरीता खारेजीको लागी गृह मन्त्रालय पठाएको जिल्ल प्रशासन कार्यालयले जनाइएको छ ।

सम्बन्धित वडाका स्थानीय जनप्रतिनिधिले राम्ररी चिन्दछु, व्यहोरा जाने बुझेसम्म साँचो हो, झुठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला भनी गरिदिएको दस्तखत झुटो प्रमाणित भए ६ महिना देखी तिन बर्ष सम्म कैद २५ देखी ५० हजार जरीवाना वा दुबै हुने कानुनी ब्यबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्