जनकपुरमा हवाई रिफ्युलिङ सेवा सुरु «

जनकपुरमा हवाई रिफ्युलिङ सेवा सुरु

नेपाल आयल निगमले जनकपुर विमानस्थलमा हवाई रिफ्युलिङ सेवा सुरु गरेको छ । प्रदेश–२ मा रात्रीकालीन सेवालाई सहयोग पु¥याउन उद्देश्यले निगमले पहिलो पटक सेवा सुरु गरेको हो ।
निगमका अनुसार रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा प्रदेश, स्थानीय सरकार र विमान कम्पनीको आवश्यकता अनुसार सेवा थालिएको हो । रिफ्युलिङ सेवाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् ।
निगमका अनुसार जनकपुर विमानस्थलमा १६ हजार लिटरका दुई वटा रिफ्युलर र एउटा ९ हजार लिटरको मोबाइल डिस्पेन्सर राखिएको छ । विराटनगर डिपोबाट हवाई इन्धन ढुवानी गरेर जनकपुरको रिफ्युलरमा राख्ने निगमले जानकारी दिएको छ । हाल निगमले काठमाडौं, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज, धनगढी, मन्थली र रामेछाप विमानस्थलमा रिफ्युलिङ सेवा राखेको थियो । जनकपुर विमानस्थलमा भएपछि ९ विमानस्थलमा पुगेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले हवाई रिफ्युलिङ सेवा नहुँदा बाढीपहिरोका बेला उद्दारमा समेत समस्या भएकोमा अव रिफ्युलिङ सेवा सुरु गरेपछि सो समस्या नहुने बताए ।
निगका अनुसार जनकपुर विमास्थलमा दैनिक ४ वटा नियमित उडान हुँदै आएका छन् । हाल काठमाडौ–जनकपुर–काठमाडौं उडान गर्ने विमानले काठमाडौंमा नै दोहोरो रुटका लागि हवाई इन्धन भर्दै आएका थिए । रिफ्युलिङ सेवाले दोहोरो रुटका लागि इन्धन भर्नुपर्ने बाध्यता हटेको निगमको दाबी छ । जनकपुर विमानस्थलमा दैनिक २ देखि ३ हजार लिटर हवाई इन्धन बिक्री हुन्छ ।

प्रतिक्रिया दिनुहोस्