Logo

हिमालय उद्धार संघको अध्यक्षमा पराजुली निर्वाचित

‘निजी क्षेत्र र सरकारबीच सहकार्य जरुरी छ’

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

हिमालय उद्धार संघको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताएका हुन् । “हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार संघले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ,” उनले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको धारणा राखे ।

हिमालय उद्दार संघका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर संघले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।

हिमालय उद्धार संघको अध्यक्षमा पराजुली निर्वाचित

हिमालय उद्दार संघको जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संघको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित भएका छन् । उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस्