इजी सर्भिस नेपालको सस्तोमा एसी इन्टलेसन सुविधा

गर्मी बढेसँगै एसी जडान गर्नलाई सहुलियत होस भन्ने उद्देश्यले एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाजलगायत ब्राण्डका एसी जडानमा सहुलियतको सुविधा आएको छ ।
कम्पनीले एयर कण्डिसनर (एसी) को माग अत्याधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर एसी जडान गर्नलाई अब ९९९ रुपैयाँको अफर ल्याएको जनाएको छ । यसैगरी कम्पनीले वार्षिकरुपमा एसी मर्मत गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९/ रुपैयाँ तोकेको जनाएको छ ।
हाललाई यो सुविधा काठमाडौं उपत्यकामा मत्र रहेको र आगामी दिनमा अन्य सहरमा पनि विस्तार गरिने कम्पनीको भनाइ छ । इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर(ईसीआरसी) द्वारा सञ्चालित र अधिनमा रहेको छ । ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाइरहेको जनाएको छ ।
यसका साथै कम्पनीले हाल टिभी, एसी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूमलगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान कार्य गर्दै आएको जनाएको छ।