सिट्रोनको विद्युतीय एसयुभी सी३ को बुकिङ खुला «

सिट्रोनको विद्युतीय एसयुभी सी३ को बुकिङ खुला

नयाँ सिट्रोन ई–सी३ को बुकिङ सुरू भएको छ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लिले विद्युतीय सी३ को बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार सिट्रोन ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गरिनेछ ।

सिट्रोन ई–सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्याण्डर्ड इभी हो । सार्वजनिक भएसँगै कम्पनीले गाडी डेलिभर गरिदिने बताएको छ । नयाँ सिट्रोन ई–सी३ ‘लाइभ’ र ‘फिल विथ प्याक भाइभ’ गरी दुई भेरियन्टमा उपलब्ध हुने बताइएको छ । यसको सुरुवाती बजार मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । गाडी बुकिङ भने एक लाख रुपैयाँमा गर्न सकिनेछ ।

सिट्रोन ई–सी३ मा ५७ पिएसको विद्युतीय मोटर र १४३ एनएमको टर्कसहितको इन्जिन जडित छ । यसले सहज र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यो गाडीले एक पटकको पूरा चार्जमा ३२० किलोमिटर रेन्ज दिने बताइएको छ । ई–सी३ मा भएको उन्नत लिथियम–आयन ब्याट्री प्रविधिका कारण यसले १०० प्रतिशत डिसी फास्ट चार्जिङ समर्थन गर्छ ।

यसमा २९.२ किलोवाट आवरको ब्याट्री प्याक छ । जम्मा एक घण्टामै गाडी पूरा चार्ज हुन्छ । यसमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट पाउन सकिन्छ । पाँच सिटर यो एसयुभीमा एन्टी लक ब्रेकिङ प्रविधि दिइएको छ । यो गाडीको लम्बाई ३,९८१ एमएम, चौढाई १,७३३ एमएम र उचाई १,६०४ एमएम छ। गाडीमा ३१५ लिटरको बुट स्पेस दिइएको छ । ह्विलबेस भने २,५४० एमएम रहेको छ ।

कम्पनीका अनुसार ई–सी३ को बुकिङ विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यकालगायत नेपालका सात प्रमुख शहरमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमबाट गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्