‘राम्रो काममा कांग्रेसको सहयोग रहन्छ’ «

‘राम्रो काममा कांग्रेसको सहयोग रहन्छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा कांग्रेसको सहयोग रहने बताएका छन् । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आयोजित ‘एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’मा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाए ।
पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाए । उनले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्