गर्मीलाई स्वास्थ्य टिप्स «

गर्मीलाई स्वास्थ्य टिप्स

  • गर्मीको समयमा स्वस्थ रहन सूर्योदय भन्दा पहिले घुम्न निस्किनुपर्छ । बिहानको हावाले फाइदा पुग्छ ।
  • घरबाट बाहिर निस्किनु अघि चिसो पानी खानु राम्रो हुन्छ । यसले शरीरलाई चिसोको अनुभूति दिइरहन्छ र ज्यान फुर्तिलो भइराख्छ । कडा घामबाट शरीरलाई बचाउनुपर्छ ।
  • दिनमा एक वा दुई पटक कागती, चिनी, पानी अथवा ग्लुकोज खानुपर्छ ।
  • पसिना सुकेपछि मात्र पानी पिउनुपर्छ । 
  • गर्मीको समयमा धेरै चिल्लो र पिरो खानु हुँदैन ।
  • धेरै समयसम्म भोकै बस्न उचित हुँदैन । पानी भएको फलफूल खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्