सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा

सामसङले काठमाडौंको मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।
सो समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिति रहेको थियो ।
सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औं रहेको छ । सामसङले काठमाडौं उपत्यका भित्र ५ र उपत्यका बाहिर १५ वटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिलेदेखि नै आफ्नो सेवा प्रदान गर्दै आएको छ । नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ ।
सो प्रारम्भिक सर्भिस सेन्टरबाट बानेश्वरलगायत कोटेश्वर, चाबहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।