प्रोभिडेण्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी आठ करोड «

प्रोभिडेण्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी आठ करोड

लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीले नवाैं साधारणसभा सम्पन्न गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति लगायतका साधारण प्रस्तावहरू पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको मर्जर एक्वीजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्नेलगायतका प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्