पोखरामा नेपाल लाइफको आफ्नै भवन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको छ ।
सो नयाँ भवनको कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीण मण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुखलगायतको उपस्थििति रहेको थियो ।
कम्पनीका सञ्चालक समितिका सदस्य अग्रवालले निकट भविष्यमा कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए ।
सञ्चालक समितिका सदस्य ढकालले बीमा व्यवसाय आफ्नो सीमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए ।