मुक्तिनाथको वृक्षरोपण

विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउण्डेशनले काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफूलका विरुवा रोपेको छ ।
टोखा नगरपालिका र मुक्तिनाथ फाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देशिय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रमा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै मुक्तिनाथ फाउण्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका सञ्चालक, मुक्तिनाथ समुह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृत लगायत उल्ल्ेख्य रुपमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
फाउण्डेशनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवद्र्धन सम्बन्धि अभियानमा यहि २० गते बाग्मती सफाई महाअभियानमा सहभागि हुँदै शुरु गरेको र आगामी ५ वर्षमा फाउण्डेशनको अगुवाइमा तथा मुक्तिनाथ समुह सहित विभिन्न सरकारी र गैर सरकारी निकायको सहकार्यमा कम्तीमा १० लाख भन्दा बढि फलफुल तथा काष्ठजन्य विरुवाहरुको रोपण गर्ने लक्ष्य राखेको बताए ।
यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीयलाई विभिन्न आम्दानीको श्रोतहरु उपलब्ध हुने उनले उल्लेख गरे ।