वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा वृक्षारोपण

सिटिजन्स बैंक इन्टरनेशनलले विश्व वातावरण दिवसको उपलक्षमा वृक्षारोपण गरेको छ । द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवसको उपलक्षमा बैंकले काठमाडौंको शान्तिनगरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
सो क्रममा २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।