प्राधिकरणमा खनाल «

प्राधिकरणमा खनाल

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ । साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई प्रधिकरणको अध्यक्षमा नियुक्त गरेको बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
तत्कालीन अध्यक्ष दिगम्बर झाले राजिनामा दिएपछि खनालले कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए । सरकारले गत माघ २५ गते प्राधिकरणको कार्यवाहक अध्यक्षमा खनाललाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्