एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता

एन आई सी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकमा ग्राहकले क्रेडिट कार्डमार्फतको भुक्तानीमा सो अस्पतालका विभिन्न सेवामा छुट पाउने छन् ।
जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुबै पक्षबीच समझदारी भएको छ ।