खाँचो साझा ‘डिजिटल वल्र्ड’को «

खाँचो साझा ‘डिजिटल वल्र्ड’को

‘दुनियाँ बदल्नु पर्छ’ भन्ने उक्ति समाजका हरेक क्षेत्रलाई बदलेपछि मात्र सत्य सावित हुन्छ । दुनियाँका हरेकजसो प्रतिष्ठानले दुनियाँ फेर्नुपर्छ भन्ने उद्देश्य लिएका हुन्छन् । यो दुनियाँ बस्न लायक भएन भन्ने गुनासो विश्व समुदायको छ । हुन पनि हो । यहाँ शोषण छ, प्रदूषण छ, बिग्रिँदो जलवायु परिवर्तनको मौसम छ, रोजगारी गुमेको क्रन्दन छ, उपचार नभएकोमा रोदन छ, कृषि उपज बाढीले बगाएको पीडा छ र यस्तै अनेकन समस्या छन् । मानिसहरूको विश्व समाजमा यस्ता विषयहरूले निम्त्याउने समस्याले मूल रूपमा हिंसा आतंक सिर्जना भएको एक थरीको विश्वास छ । समाजको जुनसुकै क्षेत्रमा क्रियाशील समूहका हरेक व्यक्ति आ–आफ्नो हिसाबले दुनियाँलाई बदल्नुपर्छ भन्दै क्रियाशील भइरहेका छन् ।
र, यसबीच अहिलेको दुनियाँ डिजिटलको दुनियाँ बन्दै गएको छ । डिजिटल वल्र्डका खेलाडीहरूले, दुनियाँ बदल्ने सपना देखेकाहरूले दुनियाँ बदल्ने सपना देखेका छन् । आमरूपमा दुनियाँलाई नष्ट गर्न खोजेको र अरूलाई दास बनाउन खोजेको राजनीतिक आरोप खेप्दै आएको विश्वको शक्तिशाली देश अमेरिकाले पनि दुनियाँ बदल्नुपर्छ भन्ने गरेको पाइन्छ । तर यसैबीच अमेरिकाले आफ्नो हैकम गुम्ने देखेर चीनसँग व्यापार युद्ध थालेको छ ।
चीन पनि विस्तारै विश्व बजारमा बढ्दो प्रभावमाथि चुनौति खडा भएको महसुस गर्दै अमेरिकासँग व्यापार युद्ध लड्दैछ । यो व्यापार युद्धको मारमा सर्वाधिक परेको देखिएको चिनियाँ कम्पनी ह्वावे इन्भेस्टमेन्ट एन्ड होल्डिङ कम्पनी रहेको छ । यो कम्पनीको ह्वावे टेक्नलजिजका बोर्ड अध्यक्ष लियाङ हुआले पनि दुनियाँ बदल्ने सपना देखेका छन् । लियाङले दुनियाँ बदलिरहन डिजिटल उपयोग गरी गर्न सक्ने सपना देखेका हुन् । उनले आफ्नो वार्षिक प्रतिवेदनमा डिजिटलको समावेशितालाई परिचालन गरी दुनियाँ बदल्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
हरेक व्यक्ति, घर र संगठनलाई डिजिटलीकरण र प्रविधि क्षेत्रको बौद्धिकताले दुनियाँ समक्ष नयाँ अवसरहरूको ढोका खोलेका छन् । निःसन्देह नयाँ अवसरहरू भए चुनौती पनि हुनेछन् । चुनौतीलाई पन्छाएर अगाडि बढ्न सके बस्न लायक नभएको दुनियाँ निःसन्देह बस्न लायक हुनेछ । शोषणलाई वितरणबाट समाधान गर्न डिजिटल वल्र्ड नयाँ अवसर पनि उपलब्ध गराउने विश्वास गर्नुपर्ने हुन्छ ।
यसका लागि विश्वको अर्थतन्त्र समग्ररूपमा डिजिटलीकरण हुनुपर्ने हुन्छ । यसो हुनु भनेको विश्वका सबै मानिस डिजिटलका अवसरको पहुँचमा हुनुपर्ने हुन्छ । डिजिटलको यो खाडल नपुरेसम्म डिजिटल वल्र्डको उत्पादनको वितरणको सवाल पूर्णरूपमा समाधान गर्न सकिँदैन । यो खाडल पुर्न ह्वावे अध्यक्ष लियाङले प्रतिबद्धता व्यक्त गर्छन् ।
निरन्तरको नवपर्वतनले सूचना प्रविधिको भौतिक संरचना निर्माण गर्न सकिन्छ र स्मार्ट डिभाइस बनाउन सकिछ । डिजिटल उत्पादनबाट पहुँचबाट टाढा रहेकासम्म ह्वावेले त्यो पहुँच पु-याउने लक्ष्य लिएको लियाङको प्रतिबद्धता छ । सामाजिक आर्थिक विकासलाई प्रवद्र्धन गरी आम मानिसले बाँचिरहेको जीवनको गुणस्तर उकास्नु आजको विश्वको आवश्यकता छ ।
अझ पनि विश्वका धरधुरीहरूमा ६६.३ प्रतिशत डिजिटल वल्र्डमा जोडिएका छैनन् । विश्वका आधाजसो जनसंख्यासम्म इन्टरनेटको कुनै पहुँच छैन । उनीहरूसम्मको पहुँचका लागि सस्तो इन्टरनेटको आवश्यकता छ । दुई अर्ब भन्दा बढी मानिससँग भरपर्दो मोबाइल ब्रोडब्यान्ड सेवाको अभाव छ । ती ध्ये अधिकांश शहरी इलाकामा रहेका छन् ।
ह्वावेले आफ्नो सेवा विश्वको यस क्षेत्रमा केन्द्रित गरेको अध्यक्ष लियाङको भनाइ छ । ह्वावेको रूरलस्टार सलुशनले ग्रामिण क्षेत्रका उपभोक्तासमक्ष आफ्नो पहुँच कायम गरिरहेको छ । यस अन्तर्गत ह्वावेले थाइल्यान्ड, घाना, इन्डोनेसिया, नाइजेरिया, दक्षिण अफ्रिका र चीन लगायतका देशका ग्रामिण क्षेत्रमा पहुँच बनाएको छ । डब्लुटीटीएक्स ब्रोडब्यान्डले फिक्स्ड वायरलेस सेवा दिन ह्वावेले सफलता पाएको जनाएको छ । डब्लुटीटीएक्सले लागतलाई घटाएको दाबी गर्छ । सस्तो मात्रै नभएर सहज परिचालन हुन्छ र व्यापक क्षेत्रलाई आफ्नो सेवाबाट प्रभावित पारेको छ । सन् २०१८सम्म ह्वावेले यसको विस्तार १२० भन्दा बढी देशका गरी १८० नेटवर्कमा डब्लुटीटीएक्स तैनाथ गरिएको छ । यसबाट ४ करोड भन्दा बढी घरधुरीसम्म उच्च गतिको ब्रोडब्यान्ड सेवा पुगेको छ ।
डिभाइसहरूको निर्माण गरेर मात्र हुँदैन, सेवाबाट बञ्चित भएकाहरूसम्म सेवा पु-याउनु टेक कम्पनीको दायित्व छ । युरोपियन युनियनसँग मिलेर ह्वावेले बनाएको एआईमा आधारित एप स्टोरीसाइनले बहिरा बालबालिकाहरूलाई कसरी पढ्ने समस्याको समाधानमा सघाउ पु-याएको छ । डिजिटल वल्र्डप्रति व्यक्त कतिपय वैज्ञानिकहरूको आंशका र अविश्वासलाई जित्नुपर्ने दायित्व टेक कम्पनीहरूको छ । साइबर सेक्युरिटीको संरक्षण गर्दै सबैले विश्वास गर्ने डिजिटल वल्र्डको आकार दिनुपर्ने छ ।
यसका लागि विश्वका सरकार, ग्राहक, उद्यमी र गैर मुनाफा कमाउने संघसंस्थाहरूको भूमिकालाई बेवास्ता गर्न सकिँदैन । स्थानीय तहसम्म डिजिटल सर्भिसको पहुँच हरेक व्यक्तिसम्म पु-याउन सबैको सहयोगको आवश्यकता हुन्छ । टेक क्षेत्रका कम्पनीले डिजिटल सर्भिसको पहुँच कायम गराउन विभिन्न किसिमको कार्य गरेको दाबी गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य र आर्थिक वृद्धिमा मात्रै नभएर नयाँ रोजगार सिर्जना गर्न सकेको दाबी उनीहरूको छ । यसै क्रममा ह्वावेले ‘सीड्स फर द फ्युचर’को डिजाइन गरेको छ । यस अन्तर्गत स्थानीय सूचना प्रविधिको प्रतिभाको विकास गर्ने लक्ष्य लिइएको भनिएको छ । यो कार्यक्रम १०८ देशमा कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत ४ हजार ७ सय टप कलेजका विद्यार्थीहरूलाई चीनस्थित ह्वावेको प्रधान कार्यालयको भ्रमण अध्ययन उपलब्ध गराएको दाबी ह्वावेका अध्यक्ष लियाङको छ ।
विश्वलाई बस्न लायक सुन्दर बनाउन सबै व्यावसायिक गतिविधिहरू डिजिटल सेवाबाट जोडिनुपर्ने र विश्वलाई त्यस दिशामा परिवर्तन गर्न जनजागरणको संस्कृतिको विकास गर्नुपर्ने हुन्छ । यसका लागि कर्पाेरेट क्षेत्र कुनै बलियो सुशासनपूर्ण प्रणालीबाट सञ्चालित हुनुपर्छ । यस्तो कर्पाेरेट क्षेत्रको विकास दिगो विकासका लागि कोशेढुंगा हुन्छ । दीगो विकास संयुक्त राष्ट्रसंघीय लक्ष्य हो । यसमा टेक कम्पनीहरूको योगदानलाई सर्वाधिक महत्वपूर्ण मानिएको छ । हरेक व्यक्ति घर र संगठन टेक नेटवर्कबाट जोडिएको र तत्सम्बन्धी सेवा सुविधाको उपलब्धता हुनुपर्ने हुन्छ । यो काम टेक कम्पनीहरूले नै गर्ने छन् ।
डिजिटल अर्थतन्त्रलाई समावेशी दीगो बनाउनुपर्ने हुन्छ । यसो गर्दा डिजिटल अर्थतन्त्रले गर्ने उत्पादनको वितरणलाई बेवास्ता गर्न हुँदैन । सरकारहरूले पनि डिजिटलको उत्पादन र त्यसको वितरणलाई ध्यान दिने गरी कानुन बनाउनु पर्ने हुन्छ । डिजिटल वल्र्डमा नेपालको अस्तित्वलाई तदनुरूप कानुनहरूको विकासलाई अन्यथा मान्नु हुँदैन । सरकारले लिएको पीपीपीको अवधारणामा कर्पाेरेट क्षेत्रको भूमिकालाई विशेष ध्यान दिइएको हो । यस्तो कर्पाेरेट बलियो मात्रै भएर हुँदैन । सुशासनपूर्ण प्रणालीमा आबद्ध हुनुपर्ने आवश्यकतालाई नजरअन्दाज गर्न सकिँदैन । बलियो सुशासनपूर्ण प्रणालीमा आबद्ध कर्पाेरेट व्यवहारका लागि कस्तो कानुनको आवश्यकता पर्छ, त्यसमा ध्यान दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्