नोचमा नकनक, पपअपमा मन «

नोचमा नकनक, पपअपमा मन

विश्व स्मार्टफोन बजार जति बढ्दो क्रममा छ, त्यति नै तिव्र प्रतिस्पर्धाको गतिमा अगाडि बढिरहेको छ । उपभोक्ताको मन जित्नलाई स्मार्टफोन निर्माता कम्पनीहरु एकपछि अर्को नयाँ प्रयोग गरिरहेका छन् । यतिबेला स्मार्टफोन निर्माता कम्पनीलाई सकस परेको विषय हो सेल्फी क्यामरा कहाँ राख्ने? र, यो नयाँ फिचरमा पनि अलिक फरक हिसाबले प्रस्तुत हुनमा स्मार्टफोन निर्माताहरु केन्द्रीत भएका देखिन्छन् । किनकी फरक फिचरमा उपभोक्ताको मन अडिन्छ वा अडिँदैन भन्ने विषयले नै नयाँ फिचरको भविष्य निर्धारण गर्ने गर्छ ।
अबको पाँच वर्षमा मोबाइल कम्पनीहरुले कस्ता स्मार्टफोन बजारमा ल्याउलान् ? उत्तर सहज छैन । किनकी स्मार्टफोन निर्माताहरुले हरेक तीन महिनामा नयाँ नयाँ डिजाइन र फिचरहरु थपेर स्मार्टफोनका मोडेलहरु बजारमा ल्याइरहेका हुन्छन् । कतिपय अवस्था यस्तो पनि आउँछ कि नयाँ फिचर थपेर करोडौं लगानी गरेर एउटा कम्पनीले स्मार्टफोन निर्माण गरिरहँदा अर्कोले त्यही फिचर सहित फ्याट्ट बजारमा ल्याइदिन्छ । डुबेन त लगानी ? त्यसैले पाँच वर्षको कल्पना भन्दा अबको एक वर्षमा स्मार्टफोन कम्पनीका कस्ता मोडेल बिक्छन् वा बिक्दैनन् वा माग घटबढ हुन्छ भन्ने विषयले नै भविष्यका स्मार्टफोनहरु कस्ता हुनेछन् भन्ने कुरा निर्धारण हुने देखिन्छ ।
सयौं स्मार्टफोन ब्राण्ड र तीमध्ये पनि कबिव डेड दर्जनौं मोबाइल ब्रान्डले विश्व मोबाइल बजारको हिस्सा ओगटिरहेका छन् । यी ब्रान्डबीच मोबाइललाई लिड गर्ने प्रतिस्पर्धामा स्टोरेज, -याम, क्यामरा र स्क्रीन साइज तथा रिज्योलुसनका विषय प्रमुख छन् । तर, यी विषय अब विस्तारै पुराना हुन थालेका छन् । किनकी फ्ल्यागशीपले उपलब्ध गराउने ६ जीबी -याम र १२८ जीबी स्टोरेज त मिडरेन्जमै पनि आउन थालिसके । उपभोक्ता पनि बाठो भइसके की यति मात्र हेरेर स्मार्टफोन किन्ने भन्दा नयाँ के छ ? भन्न थालिसकेका छन् । यस्तोमा स्मार्टफोन निर्मातामा चुनौति थपेको छ । क्यामराको प्लेसिङ र गुणस्तरको विषय पनि अबका केही वर्षमा प्रतिस्पर्धाका विषय बन्न सक्छन् । स्मार्टफोनको फ्रन्ट क्यामरा कहाँ राख्ने, नोच राख्ने की नराख्ने भन्ने विषय उपभोक्ता र स्मार्टफोन निर्मातालाई पनि सकसको विषय बनेको छ ।

पपअप भर्सेस नोच
स्टोरेज, -याम, क्यामराका अलावा पछिल्लो एक वर्षमा स्मार्टफोनमा स्थापित फिचरहरुमा फुल स्क्रीन, नोच, एक भन्दा बढी सेल्फी क्यामरा, दुईदेखि तीन वटासम्म रियर क्यामरा, स्क्रीन भित्रै फिंगरप्रिन्ट स्क्यानर र यसअघिको फेस अनलक फिचर पर्छन् । स्मार्टफोनहरुको स्क्रीनलाई बढाउँदै फुलस्क्रीन बनाइरहँदा सेल्फी क्यामरा राख्न नोच फिचर आयो, नोचमा पनि वाटर ड्रप नोच, पन्च होल नोच हुँदै अब पपअप वा स्लाइडर क्यामराको अवधारणा स्थापित भए । अन्डर स्क्रीन सेल्फी क्यामराको अवधारणा पनि नआएका होइनन् तर प्रतिस्पर्धा नोच र पपअपमै हुने देखिन्छ । अमेरिकन स्मार्टफोन कम्पनी एप्पलका कारण स्थापित भएको फिचर नोच फिचर हो । एप्पलले अफै पनि नोचलाई नै निरन्तरता दिने देखिएको छ । एन्ड्रोइडहरु भने पपअपको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् । पपअपलाई प्राथमिकता दिने स्मार्टफोनहरुमा भीभो, ओपो, वनप्लस, ह्वावे, आसुस, लेनोभो, सामसुङ, रियलमी, साओमी लगाएतका स्मार्टफोनहरु छन् ।

पपअपको सूत्रधार भीभोे र ओपो
गत वर्ष चिनियाँ कम्पनी भीभोले विश्वकै पहिलो पपअप सेल्फी क्यामरा भएको क्यामरा भीभो नेक्सको घोषणा गरेको थियो । बीबीके इलेक्ट्रोक्स अन्तर्गतको सहायक कम्पनीमध्येको एक भीभो ब्राण्डका पपअप सेल्फी फिचर भएका मिडरेन्जका स्मार्टफोनहरु बजारमा उपलब्ध छन् । सेल्फी एक्स्पर्ट नामले चर्चामा रहेको ओपो पनि बीबीकेकै सहायक कम्पनी भएकाले ओपोले पनि पछिल्लो समय मिडरेन्जमा पपअप सेल्फीमा केन्द्रीत छ । सेल्फी एक्स्पर्ट भनेर चिनिएको ओपो रियर भन्दा फ्रन्ट क्यामरा बढी मेगापिक्सेलको बनाएर बजारमा ल्याउने फोन पनि हो । त्यसैले सेल्फीको श्रेय रहेको ओपो र पपअपको पहिलो प्रयोगकर्ता भीभोलाई पपअप फिचरको सुत्रधार मान्न सकिने अवस्था छ । ओपो र भीभोका पपअप क्यामरा फोनहरु ३५ हजारदेखि ५० हजार मूल्यसम्ममा बजारमा उपलब्ध छन् । ओपोले अन्डरस्क्रीन सेल्फीको समेत प्रयोग गर्दैछ भने ओप्पो रेनोको स्लाइडर फोनको नयाँ प्रयोग हो ।

फ्ल्यागशीपमा पपअप वनप्लस सेभेन प्रो
नयाँ फिचर भएकाले फ्ल्यागशीप फोनले अलिक जोखिम मोलेर मात्र राख्ने गर्छन् । तर, फ्ल्गाशीप किलरको संज्ञा पाएको वनप्लसले भने आफ्नो पछिल्लो फ्ल्यागशीप वनप्लस सेभेन प्रो मै यो फिचर राख्यो र हाल बजारमा चलिरहेको छ । पपअप मात्र नभएर वनप्लसको अन्य फिचर पनि उत्कृष्ट भएकाले पनि बजारमा आफ्नो स्थान कायम राख्ने क्रममा छ । चीनमा वनप्लसको बिक्री उच्च छ भने बाँकी विश्वका उपभोक्ताले पनि अन्य फिचरसँगै वनप्लसको पपअप फिचरको मजा लिइरहेको देखिन्छ । नेपालमा वनप्लस प्रोको औपचारिक सुरुवाती मूल्य ८० हजार रहेको छ ।

मिड रेन्जमा उत्कृष्ट पपअप वाइनाइन प्राइम
ओपो र भीभोले जस्तै चिनियाँ कम्पनी ह्वावेले पहिलो पपअप मिडरेन्जबाट सुरु गरेको छ । यसै साता नेपालमा सार्वजनिक गरिएको ह्वावेको वाइ नाइन प्राइम २०१९ स्मार्टफोनमा त्रिपल रियर क्यामरा सेटअप र पपअप सेल्फी क्यामरा जडित छ । फुलएचडी, इन्टिलिजेन्ट एआइ, ४ हजार एमएएच ब्याट्रि, १२० डिग्री वाइड एंगलसहितको त्रिपल क्यामरा र १६ मेगापिक्सेलको पपअप सेल्फी क्यामरा मुख्य फिचर रहेको वाइ नाइन प्राइम यसअघिको वाइ नाइनको सुधारिएको स्मार्टफोन हो । २९ हजार ९९० नेपाली मूल्य रहेको यो स्मार्टफोन भारतमा भने अझै एक सातापछि मात्र सार्वजनिक हुनेछ । ह्वावेकै आफ्नै चिपसेट किरिन ७१० र ८ कोर आर्किटेक्चर जडितमा वाई नाइन प्राइम २०१९ कालो, नीलो र हरियो रंगहरुमा छन् । २३४० गुणा १०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटी यसका थप सबल पक्ष हुन् । यो स्मार्टफोन गुगलको एन्ड्रोइड ९ अपरेटिङ सिस्टमबाट चल्नेछ । ह्वावेको सहायक ब्राण्ड हनरले पनि पपअप सेल्फी फिचर सहितको पहिाले फोन हनर नाइन एक्स एक सातामै सार्वजनिक गर्ने भएको छ ।

नोच, पपअप दुवै अंगाल्दै सामसङ
विश्वकै नम्बर एक स्मार्टफोन उत्पादक सामसङले तत्काललाई नोच र पपअप दुवैको बजार फिडब्याक अध्ययन गर्ने मनस्थितिमा देखिन्छ । सामसङले दुबै फिचरको बीचको फिचर लिएर जाने रणनीतिमा देखिन्छ । यी दुबै फिचरलाई थप मोडिफाइ गरेर नयाँ प्रयोगसमेत गरिरहेको छ । कोरियन कम्पनी सामसङले आउँदै गरेको ग्यालेक्सी नोट १० मा पन्चहोल डिस्प्ले राख्ने भएको छ । माथिल्लो भागको बीचतिर सानो थोप्लो जस्तो फ्रन्ट क्यामरासहितको एस १० प्लसको फोटो हालै मात्र सार्वजनिक भएको छ । सामसङले ए ८० मा स्लाइडर सेल्फी क्यामरा राखेको छ । एस र नोट सिरिजका नयाँ उत्पादनमा पन्चहोललाई नै प्राथमिकता दिएको छ । यसले सामसङको नोच वा पन्चहोल फिचरमा झुकाव बढी भएको देखिन्छ भने दर्जनौं सिरिजमा स्मार्टफोन उत्पादन गरिरहेको यो कम्पनीले पनि नोच वा पन्चहोल वा स्लाइडर वा पपअप कुन फिचर उपभोक्ताले रुचाउलान् भन्ने ।

प्रतिक्रिया दिनुहोस्