सेञ्चुरी बैंकद्वारा नेपाल आँखादान समाजलाई सहयोग «

सेञ्चुरी बैंकद्वारा नेपाल आँखादान समाजलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल आँखादान समाजलाई अत्यावश्यक भौतिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ । ‘आँखादान महादान’ भन्ने विश्वव्यापी नारालाई आत्मसात गरी सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आँखाको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्यअनुरूप स्थापित नेपाल आँखादान समाजलाई आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि अत्यावश्यक भौतिक सामग्रीहरू बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्