स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ६३ करोड

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्याङ्जाका ११ स्थानीय तहलाई चार अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै जिल्लाका ११ स्थानीय तहलाई चार अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
विनियोजित रकममध्ये जिल्लाका पाँच नगरपालिकालाई दुई अर्ब ७५ करोड चार लाख र ६ गाउँपालिकातर्फ एक अर्ब ८८ करोड ७४ लाख रहेको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलाई ७२ करोड २८ लाख छ भने कम भीरकोट नगरलाई ४० करोड २२ लाख विनियोजन गरिएको छ । पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख विनियोजन गरिएको छ ।
सो बजेटमध्ये समानीकरण अनुदानमा १३ करोड ८० लख, सशर्त अनुदानतर्फ ५६ करोड ३८ लाख, विशेष अनुदानमा ७० लाख र समपूरक अनुदानमा एक करोड ४० लाख रहेको छ । वालिङ नगरपालिकालाई समानीकरण अनुदानमा १४ करोड ९६ लाख, सशर्त अनुदानअन्तर्गत ४१ करोड ४४ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख र समपूरक अनुदान तीन करोड गरी कुल ६० करोड ९० लाख विनियोजन गरिएको छ ।
गल्याङ नगरपालिकालाई ५२ करोड ८५ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १२ करोड २८ लाख, सशर्त अनुदानतर्फ ३८ करोड सात लाख, विशेष अनुदानमा एक करोड ५० लाख र समपूरक अनुदानमा एक करोड रहेको छ । चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा नौ करोड ९९ लाख, सशर्त अनुदानअन्तर्गत ३२ करोड ४५ लाख, विशेष अनुदान तीन करोड र समपूरक अनुदानमा तीन करोड ३५ लाख गरी जम्मा ४८ करोड ७९ लाख विनियोजन गरिएको छ ।
भीरकोट नगरपालिकालाई समानीकरण अनुदानमा १० करोड ११ लाख, सशर्त अनुदानअन्तर्गत २७ करोड ६६ लाख, विशेष अनुदानतर्फ एक करोड ८५ लाख र समपूरक अनुदानमा ६० लाख गरी कुल ४० करोड २२ लाख विनियोजन भएको छ । त्यसैगरी आँधीखोला गाउँपालिकालाई समानीकरण अनुदानतर्फ आठ करोड ३८ लाख, सशर्त अनुदानमा २४ करोड ६९ लाख, विशेष अनुदानमा एक करोड १५ लाख र समपूरक अनुदानमा एक करोड ६५ लाख गरी कुल ३५ करोड ८७ लाख विनियोजन गरिएको छ ।
कालिगण्डकी गाउँपालिकालाई ३५ करोड ३६ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये समानीकरण अनुदानमा नौ करोड ६५ लाख, सशर्त अनुदानतर्फ २१ करोड ७१ लाख, विशेष अनुदानमा एक करोड ५० लाख र समपूरक अनुदान दुई करोड ५० लाख रहेको छ । विरुवा गाउँपालिकालाई समानीकरण अनुदानमा आठ करोड ५३ लाख, सशर्त अनुदानतर्फ २१ करोड ८५ लाख, विशेष अनुदानमा एक करोड ८० लाख र समपूरक अनुदानमा ५० लाख गरी कुल ३२ करोड ६८ लाख विनियोजन गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकालाई २८ करोड ९४ लाख विनियोजन गरिएको छ । बजेटमध्ये समानीकरण अनुदानमा आठ करोड १२ लाख, सशर्त अनुदानमा १९ करोड २२ लाख, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानमा ८० लाख बजेट रहेको छ ।
हरिनाश गाउँपालिकालाई २८ करोड ९० लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा ८ करोड ३० लाख, सशर्त अनुदानतर्फ १७ करोड ९५ लाख, विशेष अनुदानमा ९० लाख र समपूरक अनुदानमा एक करोड ७५ लाख रहेको छ ।
त्यस्तै फेदीखोला गाउँपालिकालाई समानीकरण अनुदानमा सात करोड ४४ लाख, सशर्त अनुदानमा १६ करोड ६० लाख, विशेष अनुदानतर्फ एक करोड ६५ लाख र समपूरक अनुदान एक करोड ३० लाख गरी कुल २६ करोड ९९ लाख विनियोजन गरिएको छ । विनियोजित कुल बजेटमा समानीकरण अनुदानतर्फ एक अर्ब ११ करोड ५६ लाख, सशर्त अनुदानमा तीन अर्ब १८ करोड २ लाख, विशेष अनुदानमा १६ करोड ३५ लाख र समपूरक अनुदानतर्फ १७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
गत आर्थिक वर्ष चार अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको स्याङ्जाका ११ पालिकालाई दुई करोड ४६ लाख कम अर्थात् चार अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । पुतलीबजार र भीरकोट नगरपालिका तथा आँधीखोला गाउँपालिकालाई गत वर्षको तुलनामा बढी र अन्य पालिकालाई कम बजेट विनियोजन गरिएको छ ।