नेपाल बैंक र फोकुसन पेमेन्ट सोलुसन्सबीच सम्झौता

नेपाल बैंक लिमिटेडले फोकुसन पेमेन्ट सोलुसन्स प्रालि एएलआर भीसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक संजीव जोशी र फोकुसन पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेट मा एड गरी विभिन्न सेवाहरु जस्तै मोबाइल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमार्फत ‘स्क्यान टु पे’ गरी रु. ६ हजार भन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरी विभिन्न भुक्तानी गर्न सकिनेछ। कम्पनीका अनुसार भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको विल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिसजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।