सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले सइकल र्यालीको आयोजना गरेको छ । सो बैंकले डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको सहकार्यमा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साथ र्यालीको आयोजना गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्याली गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेरे सम्पन्न भएको थियो ।
उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहक, सेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने शुभेच्छुकहरु गरीे करिब चार सय जना सहभागी भएको बैंकको दावी छ ।