ललितपुरमा ‘नेपाल स्कुल अफ योगा’ सुरु «

ललितपुरमा ‘नेपाल स्कुल अफ योगा’ सुरु

कतारमा १२ वर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो ।
योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थापना गरिएको भेटवालले बताए । “नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अबस्था छ,” स्कुलका संस्थापक भेटवालले भने । स्कुलले दश वर्षभित्र एकसय वटा योगा सेन्टर विस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएको छ ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको बताए । योगाले सकारात्मक सोच्न र आवेगमा आउनबाट जोगाउने हु“दा समाजमा अपराध घटाउनेदेखि मानिसहरुको दैनिक कार्य क्षमतामा वृद्धि गर्ने उनको भनाइ छ । स्कुलले विभिन्न विद्यालय तथा कार्यालयहरुमा योगलाई जोड्नको लागि अफिस योगा तथा योग इन स्कुलको कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्