नाग्म–गमगढी राजमार्गको कर तिर्न स्थानीय बाध्य «

नाग्म–गमगढी राजमार्गको कर तिर्न स्थानीय बाध्य

नाक्म गमगढी राजमार्गको स्थानीयवासीले कर तिर्दै आएका छन् । राष्ट्रिय राजमार्गको सन्जालमा जोडीएपछि सहज होला भन्ने स्थानीयको अपेक्षा विपरीत उनीहरु कर तिर्न बाध्य भएका हुन् । जीवनमा केही परिवतन हने हिसावले आफ्नो पुर्खाको पालेदेखी खादै कमाउँदै आएका अन्न बाली उत्पादन हुने जग्गामा सडक निमार्ण गर्न दिएका मुगुवासी राष्ट्रिय सडक नाक्म गमगढी सन्चालनमा आएको एक दशक बितिसक्दा पनि सडक भित्र परेका जग्गाको किताकाट नहुँदा कर तिर्न बाध्य बनेका हुन् ।

हरेकवर्ष राज्यलाई छाँयानाथ रारा नगरपालिका भित्र रहेका पिना, झ्यारी, टोप्ला, ताल्चा, मैथु, तुम गमगढी बजार स्थानीयबासीका सयै घर परिवारका जग्गा राजमार्गमा परेको छ । राष्ट्रियरुपमा कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक सन्जालको २०६९ पुष १ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टाईले औपचारीक रुपमा उद्घाटन गरेका हुन् । निम्न आय आकाशे पानिको भरमा खेती गर्दै जिबिकोनिर्वाह गर्ने स्थानीयको जग्गामा सडक निमार्ण भएको हुँदा अहिलेसम्म राज्यको कुनै पनि निकायले जग्गाको किता काट, लगत कट्टा गर्नको लागी पहल समेत गरेको छैन ।

जग्गाको क्षेत्रफलको आधारमा स्थानीय सरकारलाई राजस्व तिरीरहेका छायानाथ रारा नगरपालिका ७ का बलराम शाहनीले बताएका छन् । दिन प्रतिदिन बढ्दो सहरीकरणको कारण सडकको क्षेत्रफल बढी रहेको छ भने स्थानीय नागरीकको जग्गा घट्दै गहिरेको छ । सरोकारवाला निकायले अहिले नै सडक छेउछाँउमा रहेको जग्गा सडकको मापदण्ड अनुसार किता काट गर्दा उपयूक्त हुने थियो । तर सडक सन्जालभित्रको जग्गाको तिरो जग्गा धनि आफैंले तिरीरहेका नापी कार्यालय मुगुको कार्यालय प्रमुख बिनीता शाहीले बताइन ।

छाँयानाथ रारा नगरपालिकाले भु-उपयोग योजना वर्गीकरण मापदण्ड तयार गरी कार्यापालिकाको २०८० बैशाख १३ को निर्णय अनुसार ३७ वमोजिम कार्यापालिकाबाट छलफल गरी अनुमोदन गर्दा नगरपालिकाको १ देखि ७ वडासम्मका जग्गाधनीले कित्ता काट गर्न चाहेमा प्रक्रिया अगाडि बढाइएको छ । कर्णाली राजमार्ग नगरपालिका भित्र रहेका सडकहरुको लागि प्रक्रिया अगाडि बढी रहेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्