लगातार उच्च अंकले घटेको नेप्से आज बढ्यो «

लगातार उच्च अंकले घटेको नेप्से आज बढ्यो

लगातार दुई दिन उच्च अंकले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अंकले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । २ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भयो । आज सबैभन्दा धेरै जोशी हाइड्रो पावरको शेयर झण्डै ७ प्रतिशत तथा बीपीडब्ल्यू लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्