सिटिजन्स बैंकको शाखा काठमाडौंको काँडाघारीमा «

सिटिजन्स बैंकको शाखा काठमाडौंको काँडाघारीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको काँडाघारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा बैंकको ३६ शाखा सञ्चालनमा आएका छन् ।

सुविधा सम्पन्न यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य रहेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा दिँदै आएको बैंकले जनाएको छ ।

साथै आधुनिक बैंकिंङ प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले यसअघि नै कियोस्क, ई–केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्