आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता «

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसनको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

सो छुट एक वर्षका लागि लागू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्