अपरिचित विदेशी नम्बर नउठाँउन दुरसञ्चारको आग्रह «

अपरिचित विदेशी नम्बर नउठाँउन दुरसञ्चारको आग्रह

नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित विदेशी नम्बरहरूबाट आएको नम्बर नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बारम्बार आउने विदेशका अपरिचित नम्बरबाट फोन र मिस्डकलको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो । त्यस्ता कलहरु नउठाँउन तथा सो नम्बरमा फोन नगर्न र फोन आएमा प्राधिकरणलाई जानकारी दिन प्राधिकरणको जारी सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्