क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
नयाँ आउलेटहरू गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहकलाई अझै गुणस्तर सेवा प्रधान गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ । यी ठाउँमा आउलेट विस्तार गरेसँगै देशभर कम्पनीको आउटलेट संख्या १०४ पुगेको कम्पनीको भनाइ छ ।
ग्राहकले अफिस भिजिट नै नगरी क्लासिक टेक एपमार्फत फोनबाट नै इन्टरनेट सम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायत अरू सुविधाहरू लिन सक्नेछन् । झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको कम्पनीको भनाइ छ ।
ग्राहकका लागि सुरक्षित भुक्तानी सुनिश्चित गर्न कम्पनीले इ–सेवा, फोन पे, प्रभु पे, माइ पे, आइएमई पे, नेपाल पे, कनेक्ट आइपीएसलगायत डेभिट तथा क्रेडिट कार्ड जस्ता अग्रणी भुक्तानी प्रदायकसँग साझेदारी गरिसकेको बताएको छ ।