सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले कम्पनीको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी अनुभव छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफूले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बताएका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।