शेयर बजार दोहोरो अंकले गिरावट

आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८ अंकमा झरेको छ भने सबै सूचक ओरालो लागेका छन् ।
कुल २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ ३०, विकास बैंक ८०, फाइनान्स ४४, होटल तथा पर्यटन ९७, जलविद्युत् ६५, जीवन बीमा ३४६, उत्पादन ७७, माइक्रोफाइनान्स १२२, निर्जीवन बीमा २९१, अन्य ४५ र व्यापार उपसमूह ६५ अंक घटे । यस्तै ९ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ३ को स्थिर रहृयो ।
आत्मनिर्भर र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । स्वेतगंगा हाइड्रोको ९, सामुदायिक लघुवित्तको ८, सयपत्री हाइड्रो र आदर्श लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक (संस्थापक), नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे र निफ्रा क्रमशः अगाडि रहेका छन् ।