टीभीएसको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर’ जेठ १७ सम्म «

टीभीएसको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर’ जेठ १७ सम्म

नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ वर्ष २०८० को अवसर अन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा पाँच हजार रुपैयाँ बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमार्फत प्रयोगकर्तालाई उपलब्ध छ । सीमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अब तीन दिनपछि अन्त्य हुने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीको दाबी छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्