शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै २ खर्ब बजेट विनियोजन «

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै २ खर्ब बजेट विनियोजन

नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो । बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्