प्रदेश–१ मा ५७ प्रतिशत रोपाइँ «

प्रदेश–१ मा ५७ प्रतिशत रोपाइँ

विराटनगर- अन्नको भण्डार मानिने प्रदेश–१ मा हालसम्म करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
विशेषगरी झापा, मोरङ र सुनसरी धान उत्पादनका लागि उर्बर मानिन्छ । कृषि विकास निर्देशनालय विराटनगर प्रदेश नम्बर १ का कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले हालसम्म प्रदेश नम्बर १ मा ५६ दशमलब ७४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै मोरङमा ५० प्रतिशत, झापामा ७० र सुनसरीमा ४० प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । असार अन्तिम साता वर्षा भएपछि किसानले राहत महसुस गरेका थिए । त्यसपछि धान रोपाइँको प्रतिशत बढेको हो ।
सबैभन्दा कम ओखलढुंगा र संखुवासमामा ३५ प्रतिशत मात्र रोपाइँ भएको छ । सोलुखुम्बुमा र पाँचथरमा ७०, इलाममा ५४, तेह्रथुममा ५५, धनकुटामा ४०, उदयपुरमा ५५ र खोटाङमा ६२ प्रतिशत धान रोपाइँ भइइसकेको कार्यालयले जनाएको छ । कृषि प्रसार अधिकृत पोखरेलले अझै रोपाइँको समय रहेकाले धान रोपाइँ बढ्न सक्ने बताए । तराईमा साउन तेस्रोसम्म रोपाइँ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्