सामसङको जे२ फोरजी इडिसन बजारमा

सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जे सिरिजअन्तर्गत जे२ फोरजी मोबाइल बजारमा ल्याएको छ । यसबाट सामसङको फोरजी स्मार्ट समूहमा नयाँ मोबाइलको प्रवेश भएको भन्दै कम्पनीले यस फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने दाबी गरेको छ । सामसड नेपालका एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापितले ग्राहकहरूलाई नयाँ प्रविधियुक्त विभिन्न मूल्यका मोबाइल सेटहरू प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जे२ फोरजी संस्करण, स्मार्ट फोनका प्रारम्भिक प्रयोगकर्ताहरूलाई लक्षित गरी प्रस्तुत गरेको बताए । सामसङको नयाँ जे२ फोरजी फोन ११ हजार २ सय ९० रुपैयाँमा प्राप्त गर्न सकिने पनि उनले बताए ।