एनआइबीएल एसले मेगा क्यापिटललाई प्राप्ति गर्ने

तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल एस क्यापिटलले साबिक मेगा बैंकको मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ ।
एनआइबीएल एस क्यापिटलले १ः१ को स्वाप रेसियोमा प्राप्ति गर्ने जनाएको छ । समान हैसियतमा गाभिने प्रस्ताव पारित गर्न मेगा क्यापिटल र मार्केट्सले एनआइबीएस एसले जेठ २९ गते विशेष साधारणसभा बोलाएका छन् । सभाले डीडीए प्रतिवेदन र समझदारी पत्रलगायत पारित गर्नेछ ।
यस्तै प्राप्तिको कामकारबाही सम्पन्न गर्न सञ्चालक समितिलाई अधिकार दिँदैछ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँ प्रति कित्ताका दरले मर्ज गरेको थियो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा कारोबार भइरहेको छ ।