शिक्षामा लगानीसँगै भर्नादर बढ्दो «

शिक्षामा लगानीसँगै भर्नादर बढ्दो

सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण खुद भर्नादरमा सुधार हुँदै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०७९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७ को कार्यान्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो देखिएको उल्लेख छ ।

शैक्षिक सत्र २०७९ मा हरेक तहको खुद भर्नादरमा वृद्धि भएको छ । कक्षा १–५ को आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (कक्षा १–८) मा ९६.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) मा ५७.४ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७८ मा यस्तो दर क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो ।

शैक्षिक सत्र २०७९ मा कक्षा १ मा खुद प्रवेश दर ९५ प्रतिशत रहेको छ । गत शैक्षिक सत्रमा यस्तो दर ९६.३ प्रतिशत रहेको थियो । प्रारम्भिक बालविकास कक्षामा बढी वर्ष बिताउने प्रवृत्तिले खुद प्रवेश दरमा कमी आएको देखाइएको छ । पछिल्ला वर्षमा विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको देखिएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ८ सम्मको टिकाउ दर ८५.७ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६७.३ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३५.६ प्रतिशत पुगेको छ ।

पछिल्ला वर्षमा कुल शिक्षकमा महिला शिक्षकको अनुपात बढ्दै गएको छ । यद्यपि माध्यमिक तहमा यस्तो अनुपात तुलनात्मक रूपमा न्यून छ । आधारभूत तहमा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७९ मा ४६.५ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा ४७.२ प्रतिशत पुगेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्