अहिलेसम्म १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्र
यो वर्ष १०४ किलोमिटर नयाँ निर्माण

चालु आर्थिक वर्षको फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार ०७९ को फागुनसम्म मुलुकभरका १७ हजार ४ सय ८० किलोमिटर सडकको कालोपत्रे भएको उल्लेख छ ।
यो अवधिमा ७ हजार ९ सय ५६ किलोमिटर सडक ग्रावेल, ८ हजार ६ सय ६४ किलोमिटर सडक कच्ची गरि हाल सम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्वाई ३४ हजार १ सय किलोमिटर पुगेको छ । सर्वेक्षण अनुसार कुल सडकमध्ये कालोपत्रे १.प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ । २०७९ असारसम्म सडकको कुल लम्वाई ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो । चालु आर्थिक वर्षको ८ महिनासम्म थप १०४ किलोमिटर नयाँ सडक मात्र निर्माण भएको छ ।
आर्थिक सर्वेक्षणमा चालु आवको ८ महिनामा थप नयाँ सडक १०४ किलोमिटर मात्र निर्माण भएको जनाइएको छ । यो अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित(ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ । यसैगरी ८ हजार ८ हजार २५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ । त्यसैगरी २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको भएको सर्वेक्षणमा भनिएको छ ।
यो अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो । यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो । ७ हजार ८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो । सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार ०७८ फागुनसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्रे, ८ हजार १ सय ११ किलोमिटर खण्डस्मित र ८ हजार ८ सय २१ किलोमिटर कच्चीसडक गरी सडकको लम्बाई ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको थियो । सर्वेक्षणअनुसार कालोपत्रे ८ हजार १ सय ११ किलोमिटर पुरा भएको थियो । २०७८ असारसम्म १६ हजार ६ सय १४ किलोमिटर कालोपत्रे ८ हजार १ सय ७१ किलोमिटर खण्डास्मित र ८ हजार ९ सय ३१ किलोमिटर कच्ची सडक गरी ३३ हजार ७ सय १६ किलोमिटर कच्ची सड़क सड़क रहेको थियो ।
राष्ट्रिय गौरवका आयोजनाको अवस्था
आर्थिक सर्वेक्षणअनुसार मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटर मध्ये २०७९ असारसम्म १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भई १ हजार ३०१ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ ।
आर्थिक सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कुललम्बाइ १ हजार ८५७ किलोमिटर मध्ये २०७९ असारसम्म ८९१ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै २०७९ फागुनसम्म ९ हजार २७.५ किलोमिटर पुगेको छ । लोकमार्गका २५० पुलमध्ये २०७९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म यस्तो संख्या १२२ पुगेको छ ।
उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्वाई ४४७ किलोमिटरको गैडाकोट–राम्दी–मालंगा खण्डको २४५ किलोमिटर खण्डमध्ये फागुनसम्म १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ । त्यस्तै कोरिडोर अन्तर्गत २०७९ फागुनसम्ममा लढुंगा–बेनी–जोमसोम–कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ ।
२०७९ असारसम्म २८ किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो । कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएकोमा फागुनसम्म ३.५ किलोमिटर थप ट्रयाक निर्माण भई हालसम्म २६०.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको सर्वेक्षण जनाएको छ ।
कोशी कोरिडोरको कुल लम्बाइ १६२ किलोमिटर मध्ये २०७९ फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भइ हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने १० पुलको निर्माण सम्पन्न भएको छ । काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत २०७९ फागुनसम्म महादेवटार सुरुङमार्गको ३ हजार ३५५ मिटरमध्ये ६७६.६५ मिटर, धेद्रे सुरुङमार्गको १ हजार ६३० मिटर मध्ये ३५४.५५ मिटर र लेनडाँडा सुरुङमार्गको १ हजार ४३० मिटर मध्ये २६८.१५ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ ।
मदन भण्डारी राजमार्गको कुल लम्बाइ १ हजार ३९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७४० किलोमिटर मध्ये २०७९ फागुनसम्म २६५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस राजमार्गमा पर्ने १८५ पुलमध्ये ९९ पुलको निर्माण सम्पन्न भएको छ । २०७९ असारसम्म २५९ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको थियो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म ३३.५ किलोमिटर सडकको दुई लेन कालोपत्रे गर्ने कार्य र १३ पुलको निर्माण सम्पन्न भएको छ ।
२०७९ असारसम्म कालोपत्रे सडक २७.३२ किलोमिटर र ११ पुलको निर्माण भएको थियो । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्य अन्तर्गत नारायणघाट–बुटवल सडकको ११३ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म २ किलोमिटर सडक कालोपत्रे भएको छ । साथै ३ प्रमुख पुल र २८ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकको आबुखैरेनीदेखि पोखरासम्मको ८०.३३ किलोमिटर खण्ड अन्तर्गत २०७९ फागुनसम्म ७ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
त्रिभुवन राजमार्गको नागढुंगा सुरुङमार्ग अन्तर्गत कुल ५ हजार ४९९ मिटर मधे २०७९ फागुनसम्म ४ हजार २७५ मिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरि यस अवधिसम्म ९ सय ७७ मिटर सुरुङ कंक्रिट लाइनिङ गर्ने कार्यसमेत सम्पन्न भएको छ । सुरुङमार्ग अन्तर्गत पर्ने ३ अन्डरपास, ४ कल्भर्ट, १ ओभरपास र ३ पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । २०७९ असारसम्ममा ३ हजार ११५ मिटर सुरुङ खनिएको थियो ।
यातायात क्षेत्र
२०७९ असारसम्ममा ४ स्थानबाट ईम्बोस्ड नम्वर प्लेटको जडान तथा वितरण हुदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्वर प्लेट जडान तथा वितरण गर्ने कार्य शुरु भएको छ । ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरी सवारी साधनमा जडान गर्न २०७९ फागुनसम्म २ लाख ५७ हजार ३ सय ९४ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ५१ हजार १९ थान जडानका लागि वितरण भएको छ ।
०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको छ । ०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ रहेको छ ।
०७९ असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो । ०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ५ यातायात व्यवस्था कार्यालय,सेवा कार्यालयमा सो प्रणाली लागू भएको जनाइएको छ ।